ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १०:५४,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा ५९४ सहित देशभरमा १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार आज ८ हजार ९४७ को पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ कोरोना पुष्टि भएको छ। उपत्यकाबाहिर कास्कीमा ९७, सुनसरीमा ७५, चितवनमा ६९, कैलली ६२ र मोरङमा ५५ जना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ।

हेरौँ पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .