समाज


अमेरिकामा ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वीर्यबाट नातिनी!

अमेरिकामा ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वीर्यबाट नातिनी!

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार २:४८,

अमेरिकामा ६१ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी छन्। अमेरिकाको नेब्रास्काकी ६१ वर्षीया सिसिल इलेजले आफ्नै कोखबाट शिशु (नातिनी)लाई जन्म दिएकी हुन्।

६१ वर्षीया सिसिलले आफ्ना समलिंगी छोरा म्याथ्यु इलेजको परिवार बसाउने क्रममा विश्वमै नयाँ इतिहास रचेकी हुन्। उनी नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन्।

सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग समलिंगी विवाह गरेका छन्। समलिंगी भएका कारण उनीहरूबाट सन्तान सम्भव थिएन। आफैँ सन्तान जन्माउन सम्भव नभएपछि आफ्नो छोरा र उनको श्रीमानको सन्तानलाई आफ्नो गर्भमा हुर्काएर उनले प्राकृतिक रुपमै नातिनीलाई जन्म दिएकी हुन्। सिसिलले गत साता जन्म दिएकी नातिनीको नाम उमा लुइस राखिएको छ।

तीन सन्तानकी आमा र बढ्दो उमेरका कारण सिसिल फेरि गर्भवती बन्न सक्दिनन् कि भन्ने शंका चिकित्सकलाई थियो। तर, परीक्षणको क्रममा उनी सबै दृष्टिकोणबाट सक्षम देखिएकी थिइन्।

‘म स्वास्थ्यको निकै नै ख्याल गर्ने मान्छे हुँ,’ सिसिल भन्छिन्, ‘गर्भवती हुन सक्दिनँ भन्ने कुनै द्विविधा थिएन, जस्तो सोचेको थिएँ, त्यस्तै भयो।’ डोहोर्टीकी दिदी लियाको अन्डा र छोरा म्याथ्युको वीर्य आफ्नो कोखमा राखेर सिसिलले नातिनीलाई जन्म दिएकी हुन्।

उनले गर्भावस्थाको अवधिमा कुनै असहज महसुस नगरेको बताएकी छन्। ‘गर्भावस्थाको बेला कुनै पनि समय कुनै समस्याको संकेत देखिएन,’ उनले भनिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad