छापा खबर


नेपालमा कोरोनाविरुद्ध खोप चाँडै ल्याउने तयारी

नेपालमा कोरोनाविरुद्ध खोप चाँडै ल्याउने तयारी

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार २:१५,

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो। द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ। सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि बढाएको छ।

उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने, जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन्। हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ। हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो। त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ। नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ।

विश्वका गरिब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामाकरण गरिएको हो। खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad