ad ad

समाज


किम जोङ उन र उनको परिवारले लगाए चिनियाँ कोरोना खोप!

किम जोङ उन र उनको परिवारले लगाए चिनियाँ कोरोना खोप!

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ६:३२,

चीनले प्रदान गरेको कोरोना खोप किम, उनका परिवार साथै त्यहाँका उच्च सरकारी अधिकारीहरुले लगाएको जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै वासिंटनस्थित थिंक ट्यांक संस्था नेसनल इन्टरेस्टले जनाएको छ।

उक्त थिंक ट्यांकका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसका अनुसार चीनको कुन कम्पनीको खोप किमले लगाएका छन् भनेर थाहा पाउन सकिएको छैन।

यद्यपी चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये यो खोप भएको र उक्त खोप प्रभावकारी भएको जानकारी दिइएको छ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन्। तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ। तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन।

उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन। तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ। रोयटर्स र योनहापको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .