स्थानीय बजारमा मंगलबार पहेँलो धातुको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भएको छ।
सोमबार प्रतितोला रु ९० हजारमा कारोबार भएको छापावाला सुन आज रु ५ सयले वृद्धि भई रु ९० हजार ५ सय पुगेको हो।
त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन पनि प्रतितोला रु ५ सयले वृद्धि भएको हो। यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ। सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो। रासस
प्रतिक्रिया