ad ad

समाज


उनीहरु आफूले छापेको नक्कली नोट लिएर महिला र बालबालिका मात्रै भएको पसलमा पुग्थे

उनीहरु आफूले छापेको नक्कली नोट लिएर महिला र बालबालिका मात्रै भएको पसलमा पुग्थे

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार २:०,

नेपाली एक हजार दरका नक्कली नोट छापेको अभियोगमा कञ्चनपुरबाट दुई भारतीयसहित एक नेपाली युवक पक्राउ परेका छन्।

नक्कली नोट, एक थान ल्यापटप, नोट प्रिन्ट गर्नेे मेसिनसहित उनीहरु पक्राउ परेका हुन्। अभियुक्तहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेका कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।

‘अभियुक्तहरूले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरू रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उपरीक्षक मरासिनीले भने, ‘भारतीय नागरिक शर्मा र बम पतिपत्नी हुन्। उनीहरुले यहाँ डेरा गरी अवैध गतिविधिमा संलग्न रहँदै आएको पाइएको छ।’

त्यसैगरी कञ्चनपुर प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त लाई पनि पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साउदलाई प्रहरी टोलीले बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो। घटनामा संलग्न तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .