ad ad

समाज


तरकारी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तरकारी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार २:२७,

इलामको फाकफोकथुम गाउँपालिकाको लुम्देमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राँके बजारबाट तरकारी बोकेर झापाको दमकतर्फ जाँदै गरेको को२च १५ नम्बरको पिकअप दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने माईनगरपालिका–९ का दिनेश लिम्बूको मात्रै सनाखत भएको छ। अर्का मृतकको सनाखत हुन बाँकी रहेको इलामका प्रहरी प्रमुख नवीनराज राईले जानकारी दिए।

दुर्घटनामा सचिन राई र विकास तामाङ घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .