वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै दुई जनासँग १६ लाख रुपैयाँ भन्दाबढी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ बस्ने वर्ष ३३ का शिवनारायण चौधरी रहेका छन्।
चौधरीले नक्कली कागजात बनाएर दुई जनालाई पोर्चुगल पठाइदिने भन्दै १६ लाख २५ हजार २५० रुपैयाँ आफ्नो बैंक खातामा हाल्न लगाएका थिए।
अपराध महाशाखाको टोलीले चौधरीलाई आइतबार सुन्धाराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं परिसर पठाइएको महाशाखाले जनाएको छ।
36
Shares
प्रतिक्रिया