ad ad

समाज


जम्बु-कश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

जम्बु-कश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १:४,

भारतीय सेनामा कार्यरत एक नेपाली युवाको जम्बु- कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ।

दाङको तुलसीपुर- ९ बेलुवा घर भएका ३० वर्षीय प्रेमबहादुर खत्रीको पाकिस्तानी पक्षले चलाएको गोली लागेर मृत्यु भएको भारतको रक्षा मन्त्रालयले जनाएको छ। उनी भारतीय सेनाको नायक पदमा कार्यरत थिए।

पाकिस्तानी सीमा नजिकै जम्बु- कश्मीरमा शुक्रबार भएको भिडन्तमा भारतीय सेनामा कार्यरत दुई जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भिडन्तमा नेपाली युवक खत्रीसँगै भारतीय सैनिक जवान सुखवीर सिंहको पनि मृत्यु भएको छ।

१३ वर्षदेखि भारतीय सेनामा कार्यरत प्रेमबहादुरका आमाबुवा, पत्नी र दुई छोराछोरी छन्। प्रेमबहादुरको शव लिन उनका बुवा लालबहादुर शुक्रबारै लखनउतर्फ लागेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .