ad ad

समाज


कोरोनाविरुद्ध रुसले विकास गरेको खोप एक महिनापछि भारतले उत्पादन गर्न थाल्ने, वर्षको १० करोड डोज

कोरोनाविरुद्ध रुसले विकास गरेको खोप एक महिनापछि भारतले उत्पादन गर्न थाल्ने, वर्षको १० करोड डोज

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ०:४९,

कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको ‘स्पुतनिक-भी’ खोप भारतले उत्पादन गर्ने भएको छ।

भारतीय औषधि निर्माता कम्पनी हेटेरोले आगामी वर्ष सन् २०२१ मा खोप उत्पादन थाल्ने भएको हो। सन् २०२१ आउन अब एक महिनाजति मात्र बाँकी छ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट (आरडीआईएफ) र र भारतको औषधि कम्पनी हेटरोबीच हरेक वर्ष १० करोड डोज उत्पादन गर्ने सम्झोता भएको हो।

१२० करोड डोज उत्पादनका लागि ५० भन्दा बढी देशले माग गरिसकेका छन्।

यही हप्ता सुरुवातमा रुसले स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ। रहेको दाबी गरेको थियो ।

खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने रुसले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .