ad ad

समाज


कोरोना भाइरस सबैभन्दा पहिले भारत वा बंगलादेशबाट फैलिएको चिनियाँ अध्येताको दाबी

कोरोना भाइरस सबैभन्दा पहिले भारत वा बंगलादेशबाट फैलिएको चिनियाँ अध्येताको दाबी

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ९:१५,

एक वर्षअघि चीनको वुहानमा महामारी फैलिएयता कोरोना भाइरसका कारण विश्वभर १४ लाख बढीको ज्यान गइसकेको छ। तर, यो भाइरस कसरी उत्पन्न भयो भन्ने बहस अझै निष्कर्षमा पुगेको छैन। दिनानुदिन भाइरसको उत्पत्तिबारे नयाँनयाँ दाबी गरिँदै आएको छ।

हालै चिनियाँ अध्येताहरुले वुहानमा फैलिनुअघि नै कोरोना भाइरस अनेकौँ मुलुकमा फेला परिसकेको दाबी गरेका छन्। उनीहरुले भाइरस पहिलो पटक मानिसमा संक्रमण भारत वा बंगलादेशमा भएको हुनसक्ने बताएका छन्।

सो अध्ययनको नेतृत्व सांघाई इन्स्टिच्युट फर बायोलोजिक साइन्सेजका डा. सेन लिबिङले गरेका हुन्।

उनीहरुको यो अध्ययनको केही हिस्सा पिअर रिभ्युपछि मंगलबार मलिक्युलर फाइलोजिनेटिक्स एन्ड इभोलुसन नामक जर्नलमा प्रकाशित छ।

डा. सेनकै टोलीले तयार गरेको ‘द अर्ली क्रिप्टिक ट्रान्समिसन एन्ड एभोलुसन अफ सार्स कोभ २ इन ह्युमन होस्ट’ नामक अध्ययनले भाइरस सबैभन्दा पहिले भारत वा बंगलादेशमा फैलिएको निष्कर्ष निकालेको छ। यद्यपि यो अध्ययनको पिअर रिभ्यु हुन बाँकी छ।

भाइरसमा भएको म्युटेसनको संख्याको आधारमा उनीहरुले पहिले भाइरस फैलिएको स्थानको टुंगो लगाएका हुन्।

‘पहिलो पटक एक मान्छेबाट अर्को मान्छेमा सार्स कोभ २ भाइरस सरेको स्थान वुहान हुनै सक्दैन,’ उनीहरुले अध्ययनमा भनेका छन्।

उनीहरुका अनुसार सबैभन्दा कम म्युटेसन भएको भाइरस अस्ट्रेलिया, बंगलादेश, ग्रिस, अमेरिका, रुस, इटली, भारत र चेक रिपब्लिकमा भेटिएको छ।

तर, यी सबै ठाउँमा भाइरस एकै पटक मानिसमा सर्न सम्भव छैन। त्यसैले भाइरसको वंशाणुमा सबैभन्दा बढी विविधता भएको स्थान भारत वा बंगलादेशबाट यो मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाइ छ।

यद्यपि अन्य विज्ञहरुले यो अध्ययनमाथि प्रश्न उठाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .