समाज


बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १:७,

सिरहा–चोहर्वा सडकखण्डमा पर्ने सिरहा नगरपालिका– १० पदमपुरमा बिहीबार साँझ बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नम्बरको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका- ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। दुर्घटनापछि दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad