ad ad

समाज


बानेश्वरमा बैँक गार्डलाई खुकुरी प्रहार गरेर फरार व्यक्ति पक्राउ

बानेश्वरमा बैँक गार्डलाई खुकुरी प्रहार गरेर फरार व्यक्ति पक्राउ

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ११:३०,

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ।

गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ  बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका काठमाडौँ थापागाउँका शशि थापालाई बुधबार अपराह्न पक्राउ गरेको हो।

वृत्त बानेश्वरको टोलीले  उनलाई बानेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

डीएसपी विष्टले पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .