ad ad

समाज


लकडाउनपछि बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्यो

लकडाउनपछि बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्यो

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ६:१५,

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तराृष्ट्रिय पर्वतीय स‌ग्रहालय मंलबारदेखि खुला गरिएको छ।

विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द संग्रहालय खुला गरिएको हो।

नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए। उनका अनुसार मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ।

संग्रहालय अवलोकनका लागि विद्यार्थी रु ५०, नेपाली रु १००, सार्क रु २०० र बाह्य पर्यटकलाई रु ५०० र गार्डेनका लागि रु ३० को टिकट व्यवस्था गरिएको छ।

संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ।

नेपाल पर्वतारोहण संघले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा पैmलिएको संग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, ‘उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ।’

कोरोना संक्रमण भए पनि लामो समयपछि भ्रमणका लागि पर्यटकीय नगरी पोखरा आएका आन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ। कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .