छापा खबर


नेकपा फुटको संघारमा : सरकार गठनको अंकगणितमा कांग्रेसको भूमिका के हुन्छ?

नेकपा फुटको संघारमा : सरकार गठनको अंकगणितमा कांग्रेसको भूमिका के हुन्छ?

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ३:५४,

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् । तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ६९ जना सांसद कायम छन्।

आजको दिनमा बहुमत भनेको एक सय ३५ सांसद हो । कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको मृत्युपछि नयाँ सांसद मोहन पाण्डेले सोमबार शपथ लिँदै छन्।

यो अंकगणितलाई हेर्दा कांग्रेस (६१) सँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

हाल एक सय ७३ सांसद रहेको नेकपामा दुवै समूहसँग कम्तीमा ७४ सांसद छन् । यद्यपि, आफूहरूसँग बढी सांसद भएको दाबी प्रचण्ड–माधव समूहको छ । तर, संसदीय दलमा आफ्नो पक्षमा पार्न ओलीको प्रयास पनि जारी छ।

संसद्मा नेकपाका १७४ जना (हाल कायम १७३, सभामुखसहित एकको निधन), कांग्रेस– ६३ (अब कायम ६१, दुई निलम्बित), जनता समाजवादी पार्टी– ३४ (हाल ३२ कायम, दुई निलम्बित), राष्ट्रिय जनमोर्चा–१, नेपाल मजदुर किसान पार्टी– १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)–१ र स्वतन्त्र–१ सांसद छन्।

चार सांसद (विजय गच्छदार, रेशम चौधरी, अफताब आलम, हरिनारायण रौनियार) निलम्बित छन् । नेकपाका एक सांसद (सानु शिवा) को मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad