ad ad

समाज


पीसीआर परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य, विदेश जानेले ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्नुपर्ने

पीसीआर परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य, विदेश जानेले ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्नुपर्ने

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ११:३४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने नागरिकहरुका हकमा ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्न निर्देशन दिएको छ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेश जानेले नेपाल सरकारका लेभल ए प्रयोगशालाबाट मात्रै गर्ने गराउने र त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पनि दिने गरी निर्देशन दिइएको बताए।

परीक्षणका लागि नमूना दिने व्यक्तिले नेपाल सरकारद्वारा जारी परिचयपत्र अनिवार्य रुपमा देखाउनु पर्ने र साेही परिचयपत्र हेरेर मात्रै परीक्षण गर्न गराउन पनि मन्त्रालयले प्रयोगशालाहरुलाई निर्देशनन दिएको छ।

यसअघि कोरोनाको परीक्षणमा नेगेटिभ वा पोजिटिभ रिपोर्ट मात्रै दिइँदै आएको भए पनि इनकन्क्लुसिभ (नेगेटिभ/पाेजिटिभ नखुलेकाे) रिपोर्ट आएका उक्त रिपोर्टलाई पोजेटिभ मान्ने भन्ने निर्देशन प्रायोगशालालाई दिइएको छ।

विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न गराउन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .