समाज


ॐ अस्पतालका संस्थापक डा. मुडभरीको कोरोनाबाट निधन

ॐ अस्पतालका संस्थापक डा. मुडभरीको कोरोनाबाट निधन

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १५:५४,

वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ।

पिसीआर पोजिटिभ देखिएपछि होम क्वारेन्टिनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन्।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए।उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .