नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३४० पीसीआर परीषण गरिएको थियो।
पछिल्लो २४ घण्टामा थप ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ। मन्त्रलयका अनुसार योसँगै मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ।
75
Shares

प्रतिक्रिया