समाज


कोरोना संक्रमणकाट बागमतीमा अहिलेसम्म ६३१ जनाको निधन

कोरोना संक्रमणकाट बागमतीमा अहिलेसम्म ६३१ जनाको निधन

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ८:४३,

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौँडालगायत बागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल संक्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ।

प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये बागमती प्रदेशमा ५० प्रतिशत छ। कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ।

यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ। उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो। शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad