झन्डै १ लाख जनालाई कोरोना भाइरसले संक्रमण गरिसकेको काठमाडौं उपत्यकामा अहिले साढे १५ हजार जना संक्रमित अवस्थामै छन्। अर्थात् उनीहरू उपचारकै क्रममा छन्। जसलाई सक्रिय संक्रमित भनिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको बिहीबार दिउँसोसम्मको तथ्यांकअनुसार उपत्यकाभर सक्रिय संक्रमितको संख्या १५ हजार ६७४ पुगेकाे छ। जसमा काठमाडौं जिल्लाका मात्रै १२ हजार ४४१ जना छन्। यस्तै ललितपुरमा २ हजार २४४ र भक्तपुरमा ९ सय ८९ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार बिहीबार दिउँसोसम्म काठमाडौं उपत्यकाका ९९ हजार ७६५ जनलाई कोरोनाले संक्रमण गरिसकेको छ। तीमध्ये ४८२ जनाको मृत्यु भइसकेको छ, जसमा काठमाडौं जिल्लाका ३१२, ललितपुरका ८९ र भक्तपुरका ८१ जना छन्।
यस्तै उपत्यकाका कूल संक्रमितमध्ये बिहीबार दिउँसोसम्म ८३ हजार ६ सय ९ जना निको भइसकेका छन्, जसमा काठमाडौं जिल्लाका ६७ हजार ९७३, ललितपुरका ९ हजार ४४१ र भक्तपुरका ६ हजार १९५ जना छन्।
याे पनि : देशभरकाे तथ्यांक यहाँ

प्रतिक्रिया