ad ad

समाज


ब्राजिलमा स्वयंसेवकको मृत्युको घटनापछि रोकिएको चिनियाँ खोपको परीक्षण सुचारु

ब्राजिलमा स्वयंसेवकको मृत्युको घटनापछि रोकिएको चिनियाँ खोपको परीक्षण सुचारु

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ६:३७,

यसअघि चिनियाँ खोप प्रयोग भएका एक स्वयंसेवकको मृत्यु भएपछि त्यहाँ दुईदिन अगाडि सिनोभ्याकको खोप परीक्षण रोकिएको थियो।

ब्राजिलको स्वास्थ्य नियामक संस्था अनभिसाले बुधबार ‘आफूसँग सिनोभ्याकको खोपबारे पर्याप्त जानकारी भएको’ बताउँदै खोप परीक्षण सुचारु गर्न निर्देशन दिएको हो।

यसअघि एनभिसाले सिनोभ्याकको खोप प्रयोग गरिएका व्यक्तिमा गम्भीर प्रतिकुल असर देखिएको बताएको थियो।

अन्तर्राष्ट्रिय संचारमाध्यमले भने उक्त खोप प्रयोग गरिएका एक व्यक्तिको मृत्यु भएको जनाएका थिए।

सिनोभ्याकको खोप हाल अन्तिम चरणको परीक्षणमा पुगेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .