स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने जनाएको छ।
बुधबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम सरकारले सूचीकृत गरेको सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने बताए।
यसअघि सरकारले आफ्नै खर्चमा उपचारमा गर्नुपर्ने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो। सर्वोच्च अदालतले समेत कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्नु भनि आदे शदिएपछि मन्त्रिपरिषद्ले समेत कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो।
‘लक्षण वा चिन्ह देखिएका सरकारी प्रयोगशाला र अस्पतालमा कोरोनाका बिरामीको परीक्षण र उपचार निःशुल्क गरिने छ,’ डा. गौतमले भने, ‘तर, उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएको सबै परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने छ।’
सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्नसक्ने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया