अफगानिस्तानका राष्ट्रपति गनीले मंगलबार सो कुरा बताएका हुन्।
उनले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै गनीले भने,‘अफगानिस्तानले विभिन्न खालका आतंकवादी क्रियाकलापहरु सहनुपरेको र देशले ठूलो हिंसा पनि व्यहोर्नुपरेको छ। यी सबै आतंककारी क्रियाकलापहरुलाई नियन्त्रणमा गर्न सबैको सहयोगका अपेक्षा गरेका छौँ।’
‘पछिल्लो समयमा तालिबानहरुले शान्ति वार्ताको शुरुवात गरेका छन् र उनीहरुले सर्वसाधारण नागरिकमाथि हमला नगर्ने पनि बताएका छन्
तर उनीहरुले यस्ता जतिसुकै प्रतिबद्धताहरु व्यक्त गरेको भए पनि हमला गर्न भने छाडेका छन्’ उनले भने।
अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान राष्ट्रपति गनीले यसअघि पनि शान्ति वार्ताको लागि भन्दै तालिबानहरुले युद्धविराम गरेको र शान्ति वार्ताका लागि भन्दै हिंसात्मक खालका हमलाहरु नगर्ने भनेको भए पनि उनीहरुले त्यस्तो इमान्दारिता नदेखाएको बताए।
पछिल्ला दिनहरुमा पनि तालिबानहरुले अफगानिस्तानमा हमला गर्न नछोडेका र सर्वसाधारण नागरिकहरुको ज्यान दिन प्रति दिन गइरहेको टोलो न्युजले बताएको छ। रासस/एएनआई
Shares

प्रतिक्रिया