कतारका राजपरिवार सदस्य मोहमद विन अब्दुल्लाहसहित १३ जनाले आमादब्लम हिमाल आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार ६ विदेशीसहित ७ नेपालीले बुधबार दिउँसो आमादब्लम हिमाल आरोहण गरेका हुन्। ७ जना नेपाली गाइड तथा सहयोगीले पनि आरोहण गरेका हुन्।
विभागकी निर्देशक मिरा आचार्यले कोभिड १९ को बीच तथा सरद ऋतुमा पहिलो आरोहण टोली भएको जनाइन्।
कतारका राजपरिवार सदस्यसहित ६ जनाको हिमाल आरोहण व्यवस्थापन गरिरहेको हिमालयन गाइड्स नेपालले मध्याह्नमा चुचुरोमा पुगेको जानकारी दिएको छ।
27
Shares

प्रतिक्रिया