समाज


दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ पक्राउ

दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ पक्राउ

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ८:१४,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार बुधबार बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए।

पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad