समाज


चिनियाँ खोपको परीक्षण रोकिँदा खुशी भए ब्राजिलका राष्ट्रपति, भनेः मेरो जित भयो

चिनियाँ खोपको परीक्षण रोकिँदा खुशी भए ब्राजिलका राष्ट्रपति, भनेः मेरो जित भयो

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ७:८,

ब्राजिलको स्वास्थ्य नियामक संस्था एनभिसाले सिनोभ्याकको खोप परीक्षण गरिएका एक व्यक्तिमा गम्भीर प्रतिकुल असर देखिएको बताउँदै खोप परीक्षण स्थगित गरेको हो।

अक्टोबर २९ मा सिनोभ्याकको खोप लगाइएका एक स्वयंसेवकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

चिनियाँ कम्पनीको खोप परीक्षण कार्यलाई ब्राजिलमा रोकिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले खुशी व्यक्त गरेका छन्।

उनले चिनियाँ कम्पनीको खोप परीक्षण रोकिनु आफ्नो जित भएको फेसबुकमा बताएका छन्।

Covid: Bolsonaro hails suspension of Chinese vaccine trial - BBC News

बोल्सोनारोले पहिल्यैबाट चिनियाँ खोप आफ्नो देशमा परीक्षण नगर्ने बताउँदै आएका थिए।

तर बोल्सोनारोको आपत्ति विपरित त्यहाँका विभिन्न राज्यहरुले चिनियाँ खोप परीक्षणमा स्वीकृति प्रदान गरेका थिए।

बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक मानिन्छन्। उनले यसअघि ट्रम्पलेजस्तै कोरोना सामान्य रोग भएको बताउँथे।

यी दुवै नेताले मास्क लगाउँदैन थिए। तर अन्ततः बोल्सोनारो र ट्रम्प दुवै कोरोना संक्रमित बनेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad