समाज


भारतमा सक्रिय कोरोना संक्रमितको संख्या न्यून

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या न्यून

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ७:२८,

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका संक्रिय बिरामी गत १०६ दिन यताकै सबैभन्दा कम भएको हो।

पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ।

“सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक सङ्क्रमितहरुको संख्यामा पनि कमी आएको छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ।

भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ। रासस/एएनआई 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad