समाज


‘सुसाइड नोट’ लेखेर बेपत्ता डा. दिगम्बर झा काभ्रेमा जीवितै भेटिए

‘सुसाइड नोट’ लेखेर बेपत्ता  डा. दिगम्बर झा काभ्रेमा जीवितै भेटिए

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ७:५८,

‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा. दिगम्बर झा काभ्रेमा जीवितै भेटिएका छन्।

मंगलबार बिहान ५ बजे उनले परिवारलाई फोन गरेको र त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ हालेर बेपत्ता भएका डाक्टर झा दिउँसो काभ्रेको भुम्लु गाउँपालिका १० अरनिको राजमार्गको ५५ किलो भन्ने ठाउँमा जीवितै भेटिएका हुन्।

भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले डा. झा जीवितै भेटिएको जानकारी दिए। ‘हराइरहनुभएका डा. झा काभ्रेको भुम्लु गाउँपालिका १० अरनिको राजमार्गको ५५ किलो भन्ने ठाउँमा जीवितै भेटिएको सूचना आएको छ’, डीएसपी गिरीले नेपालखबरसँग भने।

मंगलबार बिहान फेसबुकमा सुसाइड नोट हालेर बेपत्ता भएपछि उनका सहकर्मीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा खोजी गरिदिन निवेदन दिएका थिए।

उनको बुबा–आमा र दिदी–बहिनीसँग सम्बन्ध राम्रो नरहेको बुझिएको प्रहरीले जनाएको छ। सुसाइड नोटमा समेत उनीहरुकै कारण आत्महत्या गर्न गइरहेको उल्लेख भएको प्रहरीले जनाएको छ।

प्रहरी स्राेतका अनुसार काभ्रेको पनौती पुगेपछि उनले फेसबुकामा सुसाइड नोट पोस्ट गरेको र त्यसपछि उनको मोवाइल अफ भएको देखिएको थियो।

सोही आधारमा खोजी गर्दै पुगेको प्रहरी टोलीले उनलाई ५५ किलो भन्ने स्थानमा बाटोमा बसिरहेको अवस्थामा फेला पारेको डीएसपी गिरीले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad