समाज


भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा. दिगम्बर झा ‘सुसाइड नोट’ लेखेर बेपत्ता

भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा. दिगम्बर  झा ‘सुसाइड नोट’ लेखेर बेपत्ता

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ६:३९,

भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा. दिगम्बर झा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका छन्।

मंगलबार बिहान ५ बजे उनले परिवारलाई फोन गरेको र त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ हालेर बेपत्ता भएको भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाले बताइन्।

उनका सहकर्मीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा खोजी गरिदिन निवेदन दिएको एसपी थापाले बताइन्।

उनको बुबा–आमा र दिदी–बहिनीसँग सम्बन्ध राम्रो नरहेको बुझिएको प्रहरीले जनाएको छ। सुसाइड नोटमा समेत उनीहरुकै कारण आत्महत्या गर्न गइरहेको उल्लेख भएको प्रहरीले जनाएको छ।

उनीबा १६ च ८६७९ नम्बरको कारसहित बेपत्ता भएका हुन्। प्रहरी स्राेतका अनुसार काभ्रेको पनौती पुगेपछि उनले फेसबुकमा सुसाइड नोट पोस्ट गरेको र त्यसपछि उनको मोवाइल अफ भएको देखिएको छ।

उनको खोजीका लागि परिवार, आफन्त पनि काभ्रे पुगेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad