एस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोप हाल अन्तिम चरणको परीक्षणमा छ।
यसबीचमा एस्ट्राजेनिकाका कार्यकारी अधिकृत पास्कल सोरियोतले डिसेम्बर महिनाको अन्तिममा खोप तयार हुनसक्ने बताएका हुन्।
सोरियोतका अनुसार हाल खोपलाई अन्तिम रुप दिने कार्य चलिरहेको छ। विज्ञहरुले चाँडै काम सकेको खण्डमा डिसेम्बर अन्तिममा खोप तयार भएर जनवरी महिनादेखि खोप लगाउन सुरु गर्न सकिने उनको भनाइ छ।
चीनको वुुहान शहरबाट ११ महिना अगाडिदेखि फैलन सुरु भएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर १२ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। एससीएमपी
3
Shares

प्रतिक्रिया