समाज


हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिनमै डिस्चार्ज हुने

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिनमै डिस्चार्ज हुने

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ५:३८,

चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचाररत गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले सोमबार बिहान नेपालखबरसँग भने, ‘उहाँको स्वास्थ्य राम्रो सुधार छ, परिवारको अनुमतिविना अहिले सबै कुरा बाहिर ल्याउन मिल्दैन। केही दिनमा सबै कुरा ठीक हुन्छ।’

मनोजका भाइ मोहन गजुरेलले भने अस्पतालले केही दिनपछि डिस्चार्ज गर्न सकिने बताएको जानकारी दिए। उनले भने, ‘धेरै सुधार भइसकेको छ, केही दिनमा डिस्चार्ज नै हुनुहुन्छ। अहिले दिनमा एक पटक दाइसँग कुरा भइरहेको छ, उहाँले पनि राम्रो हुँदै छ भन्नुभएको छ।’

स्वास्थ्यमा सुधार भए पनि उनलाई हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। कात्तिक ११ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमणपछि पनि घरमै आइसोलेसनमा बसेका गजुरेल स्वास्थ्य थप बिग्रिएपछि गत बुधबार एपीएफ अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad