राजनीति


प्रधानमन्त्री ओलीले बोलाए महासचिव पौडेल नेतृत्वको कार्यदलका सदस्यहरुलाई

प्रधानमन्त्री ओलीले बोलाए महासचिव पौडेल नेतृत्वको कार्यदलका सदस्यहरुलाई

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ६:३४,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएका विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलएका छन्।

अध्यक्ष ओलीले अहिले दिउँसो छलफलका लागि बोलाएका हुन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुले बैठक बोलाउनका लागि ओलीसँग लिखित माग गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

यो पनि: ओलीको सन्देश लिएर प्रचण्ड निवास पुगे महासचिव पौडेल

कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा नेकपाको स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षहरुले पार्टीभित्रको विवाद समाधानका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

महासचिव पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा सदस्य छन्।

पार्टी विवाद समाधानबारे सो कार्यदलले अध्ययन गरेर एक प्रतिवेदन तयार गरी भदाैकाे पहिलाे साता दुई अध्यक्षलाई बुझाएको थियो।

त्यसका आधारमा दुई अध्यक्षले संयुत्त प्रस्ताव स्थायी कमिटीमा पेश गरेका थिए।

त्यस आधारमा कमिटीको बैठकले पार्टी र सरकार सञ्चालनबारे निर्णयहरु गरेपछि नेकपाभित्र चर्केको शक्ति संघर्षमा युद्ध विराम भएको बताइएको थियो।

तर त्यसको केहि हप्तामै पार्टीका शीर्ष नेताबीच नै फेरि विवाद सुरु भएको छ।

यो पनि:

- कार्यदलको प्रतिवेदनबाट ओली पक्ष उत्साहित, नेपाल समूह निराश (पूर्णपाठ)

- दुई अध्यक्ष र समितिको अधिकारबारे नेकपा कार्यदलले जुटायो यस्तो सहमति

प्रचण्ड-नेपाल पक्ष भन्छः बैठक राख्न नमाने ओलीले संसदीय दलमा बहुमत सिद्ध गर्नुपर्छ

नेपाललाई ओलीको जवाफ– विषयको टुंगो नगरी बैठक गर्न म तयार छैन

मुख्यमन्त्री पोखरेल भन्छन्- सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .