यसैवर्ष अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले संयुक्त रुपमा बनाएको खोप चीनमा परीक्षण हुने एस्ट्राजेनिकाको एक वरिष्ठ अधिकारीले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
बेलायतको यस कोरोनाविरुद्धको खोप अन्तिम परीक्षणका लागि प्रवेश गरिसकेको छ। केही देशहरुमा यस खोप परीक्षण समेत भइसकेको छ।
यसको नतिजा यसैवर्षको अन्तिममा आइसक्ने जनाइएको छ। यदी यो खोप परीक्षण सफल भएमा यस खोपले विभिन्न देशमा आकस्मिक अनुमति पाउने एस्ट्राजेनिकाका सीइओ पास्कल सोरियोतले जनाएको छ।
चीनमा भने सेनजेन काङताई बायोलोजिक प्रोडक्टले एस्ट्राजेनिकाको खोप निर्माण र वितरण गर्नेछ। विभिन्न देशमा एस्ट्राजेनिकको खोप परीक्षण भइरहँदा चीनमा पनि यस खोप परीक्षण हुने भएको हो।
प्रतिक्रिया