ad ad

कारोबार


व्यवसायीको साथ खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार ढकाल प्यानल सुदूरपश्चिममा

व्यवसायीको साथ खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार ढकाल प्यानल सुदूरपश्चिममा

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ११:३५,

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन प्रचार प्रसारका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल नेतृत्वको टोली सुदूरपश्चिम पुगेको छ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी र महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाललगायतको टोली धनगढी पुगेको हो।

ढकाल प्यानलको चुनावी कार्यक्रमस्थल होटल फ्लोरामा सयौं उद्योगी व्यवसायी उपस्थित भएका थिए । कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षहरुको उपस्थिति थियो।

चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या सम्बोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानललाई जिताउन आग्रह गरेका थिए।

कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्न सक्ने भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीको प्रशंसा गरेका थिए।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताए।

कार्यक्रममा ढकालले भने, ‘मेरो आफ्नै पनि ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको छ । तसर्थ, मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु।’

आफूले पनि जिल्लास्तरमा शून्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रुपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफूलाई जिल्ला नगरका साथीहरुको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरे।
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अब जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका थिए।

‘अहिले पनि महासंघको विधानमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्लानगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ।’

यसैगरी कार्यक्रमका सभापति महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको साख जोगाउनका लागि पनि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए।

कार्यक्रममा विभिन्न ३० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षका साथै कर्णाली प्रदेशकै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादूर चन्द, कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादूर मल्ल, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादूर भण्डारी लगायतले जिल्ला नगरका समस्या समाधान गर्नका लागि पनि अबको आसन्न निर्वाचनका ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए।

यस्तै, कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डिवी वस्नेत तथा महासंघका कोषाध्यक्ष निरक केसीले समेत अहिलेको अवस्थामा सबै पक्षको मिश्रण भएको समावेशी टीम ढकाल प्यानल रहेको भन्दै मतदान गरी विजयी गराउन आग्रह गरेका थिए।

यसैगरी कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादूर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादूर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादूर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादूर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार, चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलि, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्धबहादूर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायत ३० भन्दा बढी जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .