समाज


‘पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमायो’

‘पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमायो’

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ८:५२,

नेपाल पत्रकार महासंघले महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम बर्माको निधन भएको दुःखद् खबरले स्तब्ध बनाएको बताएको छ। 

‘उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको छ’ महासंघले शुक्रबार शोक विज्ञप्ति प्रकाशित गरी भनेको छ।

७९ वर्षीय बर्माको स्वास्थ्य अवस्था खराब भएपछि तीन सातादेखि ललितपुरस्थित क्रिष्ट अस्पतालमा उपचार भइरहेको थियो। सोही क्रममा कोरोना संक्रमण देखिएका बर्माको पछिल्लो पटक कोरोनामुक्त भए पनि उपचारकै क्रममा शुक्रबार विहान निधन भएको हो।

स्वर्गीय वर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि पशुपति आर्यघाटमा महासंघका तर्फबाट सचिव रामप्रसाद दाहालले महासंघको झण्डा ओढाएर मृतक बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। सो क्रममा धादिङका सञ्चारकर्मी, पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रतिनिधि, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकािरता पुरस्कार’ बाट सम्मान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad