कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रवक्ता एंवम् वडा नम्बर ३ का वडाध्यक्ष ७३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणका कारण आज (शुक्रबार) बिहान मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष शाहलाई १२ कार्तिकदेखि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। कडा खालको निमोनियाको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
‘उहाँमा कडा खालको निमोनिया पनि थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर बचाउन सकिएन,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने, ‘आज बिहान ६ः २५ मा उहाँको मृत्यु भएको छ।’ अहिले नेपाली सेनाले शाहको शव व्यवस्थापनको तयारी गरिरहेको छ।
Shares

प्रतिक्रिया