समाज


धादिङका पुराना पत्रकार बर्माको निधन

धादिङका पुराना पत्रकार बर्माको निधन

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार २:४४,

धादिङका पुराना पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ। बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचारका क्रममा बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी राष्ट्रिय समाचार समिति (रासस) का धादिङ संवाददाता थिए।

उच्च रक्तचाप र निमोनियाबाट पीडित बर्मामा केही समयअघि कोरोना संक्रमणसमेत भएको थियो। तर, पछि उनमा कोरोना नेगेटिभ आएको थियो।

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए।

करीब तीन दशकदेखि राससमा कार्यरत उहाँ राससबाट पनि सम्मानित भएका थिए। गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad