ad ad

समाज


विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुससहित पक्राउ

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुससहित पक्राउ

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १२:२९,

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर जैसवाललाई मकवानपुरको हेटौंडाबाट घुस रकमसहित प्रक्राउ गरेको हो।

जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .