प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार दोषीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हालको बिरगंज महानगरपालिका–६ माईस्थान बस्ने वर्ष ५८ को सत्य नाराण प्रसाद रौनियार रहेका छन्।
रौनियारलाई प्रहरीले काठमाडौंको रातोपुलबाट बुधबार पक्राउ गरेको हो।
उनीविरुद्ध उच्च अदालत पाटनको मिति २०७५ चैत १० र २०७६ वैशाख२७ गतेका फैसलाले ४५ दिन कैद र रु ७०लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
रौनियारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाखको चेक काटी दिएको प्रहरीले जनाएको छ।
उनलाई फैसला कार्यानवयनका लागि अदालत पेश गरिएको छ।

प्रतिक्रिया