सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया एक बालिकासहित थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आज बिहान इटहरी ६ घर भएकी ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ९ वर्षीया बालिकामा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार अस्पतालमा भर्ना गरेर उनलाई उपचार सुरु गरिए पनि बचाउन नसकिएको प्रतिठानले जनाएको छ।
६५ वर्षीया महिलामा भने ३० असोजमै कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया