विश्वभर नै कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदर बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा विश्वभरी कोरोना संक्रमणबाट आठ हजार एक सय ७० जनाले ज्यान गुमाएका छन्। यस अवधिमा विश्वभरी चार लाख ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ हिजो एकै दिन संक्रमणबाट झण्डै १२ सयले ज्यान गुमाएका छन् भने झण्डै ९४ हजारमा संक्रमण देखिएको छ।
त्यसैगरी फ्रान्समा हिजो एकै दिन संक्रमणबाट आठ सय ५४ जनाले ज्यान गुमाउँदा ३६ हजार भन्दा धरैमा संक्रमण पुष्टि भएको छ। भारतमा ४६ हजारमा संक्रमण पुष्टि हुँदा पाँच सय ११ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी रुसमा तीन सय ५५ जनाको मृत्यु भएको छ भने साढे १८ हजारमा संक्रमण पुष्टि भएको छ। अर्जेन्टिनामा चार सय २९ जनाले ज्यान गुमाउँदा १२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ब्राजिलमा २७६ जना, स्पेनमा २३८, बेलायतमा ३९७, मेक्सिकोमा २०५, इटालीमा ३५३, इरानमा ४२२, जर्मनीमा १४९, बेल्जियममा १२१, इन्डोनेसियामा १०२, पोल्यान्डमा २२७, युक्रेनमा १५७, नेदरल्यान्डसमा ११३, चेकियामा २५९, रोमानियामा १२०, ट्युनिसियामा १०२ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।
योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख १९ हजार ६ सय ८६ पुगेको छ भने संक्रमित हुनेको संख्या चार करोड ७८ लाख ३४ हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म तीन करोड ४३ लाख ४२ हजार भन्दा धेरै निको भइसकेका छन्।

प्रतिक्रिया