समाज


प्रेमिकाको हत्या गरी फरार लामा १२ वर्षपछि पक्राउ

प्रेमिकाको हत्या गरी फरार लामा १२ वर्षपछि पक्राउ

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:१,

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ।

ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

ब्यूरोले पत्रकार सम्मेलन गरी इमाडोल गाविस– ५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो।

सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए।

‘घटना घट्नुभन्दा ६÷७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ’ उनले भने।

विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ। मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक–पटक छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्या गरेपश्चात् राजु लामाको परिचय बनाई हेटौँडाको एक होटलमा काम गरी बसेको र पछि काठमाडौँ आएर विभिन्न व्यक्तिको घरमा रङ लगाउने काम गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

पक्राउ परेका राजेशलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad