काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी उपत्यकाका तीन जिल्लामा थप १ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २४२ , भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना पुष्टि भएको हो।
आज उपत्यकासहित देशभरमा थप ३ हजार ११४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया