कारोबार


कोरोना बीमाको भुक्तानी एक हप्ता भित्र दिन निर्देशन

कोरोना बीमाको भुक्तानी एक हप्ता भित्र दिन निर्देशन

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ११:५८,

कोरोना बीमा भुक्तानी एक हप्ता भित्र दिइसक्न बीमा कम्पनीहरुलाई नियामक निकाय बीमा समितिले सर्कुलर जारी गरेको छ।

भुक्तानी पाउन आलटाल भैरहेको गुनासोपछि बीमा समितिले बीमा कम्पनीहरुलाई आज सर्कुलर मार्फत निर्देशन दिएको हो।

बीमा समितिलाई अर्थमन्त्रालयले समेत यसबारे बुझ्न भन्दै पत्र पठाएको थियो। बीमा कम्पनीहरुले कोरोना बीमा वापतको भुक्तानी नदिइरहेको भन्ने गुनासो पछि अर्थमन्त्रालयले त्यसबारे बुझ्न र बीमा कम्पनीहरुलाई आवश्यक निर्देशन दिन भन्दै आइतबार पत्र लेखेको थियो।

सो पत्र अनुसार आज आर्थत मंगलबार बीमा समितिले कोरोना बीमा माफर्तको भुक्तानी दावी गरेको एक हप्ता भित्र उपलब्ध गराउन भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad