नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभारमा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ११ हजार १६६ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ८० हजार ९७८ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १४२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।
3
Shares

प्रतिक्रिया