नेपाल वायुसेवा निगमको करिब डेढ महिनादेखि ग्राउन्डेड जहाज सञ्चालनयोग्य रहेको छ।
वाइडबडी ‘मकालु’ गत असोज ७ गते चीनमा स्वास्थ्य सामग्री लिन उडान गरिरहेको बेला पखेटामा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको थियो।
निगमसँग रहेका दुई वाईडबडीमध्ये एक ग्राउन्डेड हुँदा लामो दूरीमा पनि न्यारोबडी जहाज उडानले काम चलाएको थियो। २ सय ७४ सिट क्षमताको ठूला जहाज जाने अन्तर्राष्ट्रिय गन्तव्यमा १५८ सिट क्षमताको जहाज चलाइरहेको छ।
‘प्राविधिक कारण लामो समय वाइडबडी ग्राउन्डेड गर्नुपर्यो’, निगमका सहायक प्रवक्ता सुलेख मिश्रले भने, ‘सोमबार (कात्तिक १७) देखि मर्मत सम्पन्न भई सञ्चालनयोग्य भएको छ।’
उनले यात्रु धेरै भएको अन्तर्राष्ट्रिय गन्तव्यमा उक्त जहाज उड्ने बताएका छन्।
वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि २ वाइडबडी र २ न्यारोबडी गरी ४ वटा जहाजमात्रै रहेका छन्।
Shares

प्रतिक्रिया