धनुषाको टेश्वर गाउँपालिकामा दीपावलीको तयारीका लागि माटो लिन गएकी एक महिलाको ढिस्कोले पुर्दा मृत्यु भएको छ। अन्य एक बालिकासहित दुई जना गम्भीर घाइते भएका छन्।
बटेश्वर गाउँपालिका ४ राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता कुमारी रविदासको मृत्यु भएको इलाका प्रहरी कार्यालय साखुवा महेन्द्रनगरले जनाएको छ।
मंगलबार बिहान ७ बजे स्थानीय राजी यादवको खेतमा घर लिपपोतको लागि माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेको थियो। ढिस्कोमा सुनिताको घटना स्थलमै मृत्यु भएको हो।
यस्तै सोही ढिस्कोमा परि स्थानीय जग्देव ठाकुरकी छोरी १४ वर्षीया मधुकुमारी ठाकुर र खुशीलाल शर्माकी श्रीमती २७ वर्षीया रिना कुमारी ठाकुर गम्भीर घाइते भएकी छन्। दुबै जनालाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया