समाज


कस्मिरमा भारतीय सेनासँगको मुठभेडमा चरमपन्थी समूहका प्रमुख मारिए, सहायक समातिए

कस्मिरमा भारतीय सेनासँगको मुठभेडमा चरमपन्थी समूहका प्रमुख मारिए, सहायक समातिए

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १:२८,

भारत प्रशासित कस्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका प्रमुख कमान्डर मारिएका छन्।

भातरीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रमका भएको मुठभेडमा मुजाहिद्दिनका कमान्डर सैफुल्लाह मिर मारिएका हुन्।

उनका सहायक भने भारतीय सेनाले नियन्त्रणमा लिएकाे बीबीसी हिन्दीले जनाएको छ।

भारतीय सेनासँगको भिडन्तमा घाइते हुने अतिवादीहरूको उपचार गर्ने सैफुल्लाहलाई मुसैब वा डाक्टर सैफी पनि भनिन्थ्यो।

समाचार एजेन्सी एएफपीका अनुसार कस्मिरका प्रहरी महानिरीक्षक विजय कुमारले भने, ‘मुठभेड़मा मारिएका सैफुल्लाह मरेका अतिवादी हिजबुल मुजाहिद्दिन अपरेसनका चिफ कमान्डर हुन्। यो हाम्रा लागि ठूलो सफलता हो।’

गत मेमा उक्त समूहका प्रमुख रहेका रियाज नाइकु दक्षिण कस्मिरमा सेनासँगकाे भिडन्तमा मारिएपछि उनकाे स्थामा सैफुल्लाहलाई राखिएकाे थियाे।

३१ वर्षीय उनी दक्षिण कस्मिरका पुलवामा, कुलगाम र साेपियाङ सक्रिय थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad