छापा खबर


अमेरिकामा आगामी चार वर्ष ट्रम्प कि बाइडेन? यस्तो छ विश्वसनिय अनुमान

अमेरिकामा आगामी चार वर्ष ट्रम्प कि बाइडेन? यस्तो छ विश्वसनिय अनुमान

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १:५४,

विश्वको सर्वाधिक पहिलो अर्थतन्त्र र शक्तिशाली देश अमेरिकामा मङ्गलबार (कात्तिक १७) गते हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा विश्वका आँखा गाडिएको छ।

निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोड घटाउ पनि सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प वा जोय बाइडेन कसले जित हात पार्लान् भनेर राजनीतिक पण्डितदेखि विश्वसमाज अहिले विश्लेषणमै व्यस्त छन् । यो खबर आजको गोरखापत्र दैनिकमा अमेरिकाबाट कृष्णराज खनालले लेखेका छन्।

निर्वाचनको तीन दिन अघिसम्म पनि ट्रम्प वा वाइडेन कसले राष्ट्रपतिको बाजी मार्ला भनेर ठ्याक्कै आकलन गरेर भन्न सक्ने स्थिति नभएको कतिपयको मत छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति बाइडेन चुनावी सभा वा ¥यालीलाई सम्बोधन गर्न अमेरिकी राजनीतिलाई प्रायःजसो काबुमा राख्दै आएका छन्।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन तथा वाइडेनको डेमोक्रेट पार्टीमध्ये कुनै पनि पक्षमा असंलग्न रहेका मध्यपश्चिमी राज्यहरू नर्थ क्यारोलिना, मिचिगन, पेन्सिलभेनिया, मिनिसोटा, विस्कन्सिन, फ्लोरिडा, एरिजोना, जर्जिया, टेक्सस र नेभाडा लगायतका राज्यमा आफ्नो शक्ति र स्रोत लगाएर जनमत आफूतिर आकर्षित गर्न तँछाडमछाड गरेर दुवै उम्मेदवार लागिरहेका छन्।

सम्भवतः पेन्सिलभेनिया तथा मिचिगनले अमेरिकी राजनीतिको पटाक्षेप गर्न सक्ने अनुमान स्वतन्त्र पर्यवेक्षक तथा विश्लेषकहरूले गरेका छन्।

धेरैजसो सर्वेक्षणले भने वाइडेनको पक्षमा जनमत उर्लिएका कारण उनले विजय हात पार्ने कुरा औँल्याएका छन् भने एकाध सर्वेक्षणले मात्र ट्रम्पले जित्ने भविष्यवाणी गरेका छन्।

राजनीतिक पण्डितहरूले यसपटक अफ्रिकी अमेरिकनले निर्वाचनमा बढ्ता सहभागिता जनाएको, युवा र नयाँ मतदाताको सहभागिता पनि धेरै भएको, अग्रिम मतदान पनि ज्यादा भइसकेको कारण वाइडेनले जित हात पार्ने अनुमान गरेका छन् किनकि रजिष्टर गरिएका मतदातामध्ये ४३ प्रतिशत डेमोक्रेट र २५ प्रतिशत रिपब्लिकन रहेका छन्।

अग्रिम मतदानमा डेमोक्रेटको बाहुल्य भए पनि निर्वाचनका दिन अधिकभन्दा अधिक रिपब्लिकनले मतदानमा सहभागिता जनाउने भएका कारण निर्वाचनको भेउ पाउन अझै हम्मेहम्मे परेको हो। तर पनि स्वतन्त्र सर्वेक्षणले हालसम्म ट्रम्पको पक्षमा १८८ र वाइडेनको पक्षमा २३३ इलेक्टोरल मत सुरक्षित रहेको दाबी गरेका छन् ।

ट्रम्प पक्षीय पर्यवेक्षकहरूले सन् २०१६ को नतिजामा जर्जिया र एरिजोनासमेत थपिने दाबी गरेका छन्।

वाइडेनले ट्रम्पलाई कोरोना सामु आत्मसमर्पण गरेको, रङ्गभेद नीतिलाई बढावा दिएको र देशलाई विभाजनको रेखामा लगेको आरोप लगाएका छन् भने ट्रम्प र रिपब्लिकनले आठ वर्ष उपराष्ट्रपति र ४७ वर्षसम्म सिनेटर बनेका वाइडेनले अमेरिकालाई समुन्नत बनाउन के भूमिका खेले? भनेर प्रश्न गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad