समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो, आइतबार विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा

 कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो, आइतबार विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १:२४,

विश्वभर कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ।

वल्र्डओमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभर १२ लाख पाँच हजार ४४ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन्।

विश्वभर अहिलेसम्म चार करोड ८० लाख चार हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार तीन सयले ज्यान गुमाएका छन् भने चार लाख ३६ हजार सात सय सात जनामा संक्रमण देखिएको छ।

अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।

त्यहाँ अहिलेसम्म दुई लाख ३६ हजार चार सय ७१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित पनि अमेरिकमै सबैभन्दा धेरै छन्। अमेरिकामा अहिलेसम्म झण्डै साढे नौ लाखमा संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्या ब्राजिलमा बढी छ। त्यहाँ अहिलेसम्म एक लाख ६० हजारले ज्यान गुमाएका छन्। तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १ लाख २२ हजार ६ सय ४२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या अमेरिकापछि भारतमा बढी छ। त्यहाँ अहिलेसम्म बयासी लाख २९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा यो संख्या ९४ लाख ७३ हजार भन्दा धेरै छ।

भारतमा पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै झण्डै पाँच सयले कोरोनाको कारण ज्यान गुमाएका छन्। यस बीचमा अमेरिकामा चार सयको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

पछिल्लो समय विश्वका विभिन्न देशमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। संक्रमण बढ्न थालेपछि युरोपका कतिपय देशले पुनः लकडाउनको घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad